banner blog

नारायण श्रेष्ठको नयाँ घर

swnepal logo

सुमन कुमार श्रेष्ठ

२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिको पराकम्पनले नारायण श्रेष्ठको मनमा गहिरो चोट पुगेको थियो । भर्खरै खनेको कच्ची सडक मुनि पुरानो जस्ताको छाप्रो बनाई पौष माघको शीत छल्दै गुजारा गरिरहेका थिए । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ७ भटौली निवासी श्रेष्ठ श्रीमती, ३ छोरा, ३ बुहारी र ४ नाता नातिनाका धनी छन् । उनले भूकम्प गएको २ बर्ष बितिसक्दा पनि निजी आवास निर्माणको लागि केही तयारी गर्नु भएको थिएन । SW Nepal द्धारा सञ्चालित रोजगार कोषः पुनर्निर्माणको लागि शीप परियोजना (EFSR-II) बाट त्यस क्षेत्रमा खटिएका निर्माण श्रोत व्यक्ति (CRP) संग उहाँको पहिलो भेट भयो, भेटमा निजी आवास निर्माण नगर्नुको कारण छर्लङ्ग खुलाएर भन्नुभयो । उहाँलाई आवास निर्माण मापदण्ड, किस्ता लिने समय, समन्वय गर्नु पर्ने निकाय केहिको बारेमा पनि जानकारी रहेनछ । निर्माण श्रोत व्यक्तिले नयाँ घर निर्माणको लागि चाहिने आवश्यक सामाग्रीको संकलन गरी घर बनाउने ठाउँ, नक्सा र प्राविधिक ज्ञान तथा सरकारले दिने भनेको अनुदान रकमको सहज प्राप्तिका बारेमा जब उनलाई प्रष्ट पार्नु भयो, तब लामो सास तान्दै भन्नुभयो ‘बाबु तिमीले बाटो देखायौ, अब म काम गर्छु’ ।

केही दिन पश्चात निर्माण श्रोत व्यक्तिको मोबाइलमा फोन गर्दै भन्नुभयो । “हेलो बाबु ! छोराहरु काठमाडौंबाट घर आइपुगे, तपाई मेरो घरमा आउनु पर्यो ।” कर्तव्यनिष्ठ निर्माण श्रोत व्यक्ति उक्त घरमा तत्काल पुगी श्रेष्ठ, तीन छोरा र केही छिमेकीसंग घरको जग देखि छानासम्म भूकम्प प्रतिरोधी भवन निर्माण र पुराना सामाग्रीको सहि सदुपयोग गरी सस्तोमा भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा जानकारी तथा छलफल गरे । उक्त छलफल पश्चात ३ जना बाबुछोरा आफ्नो घरमा रहेका सामाग्री बोकी निर्माण श्रोत व्यक्तिलाई घरको नापजाँच गरी लाईन दिन प¥यो भन्दै आफूले सक्ने काम शुरु गर्न थाल्नु भयो । रेखाङ्कनको कार्य सकी जग खन्ने काम गर्नु भयो र त्यही दिन शुरे कर्मीको खोजी पनि गर्नु भयो ।

पुरानो घरको ढुंगामाटो र आकार मिलाएर बनाएको झ्याल, ढोका, छाँटकाँट गरिएका दलिन साथै बजारबाट ल्याएको सिमेन्ट, रड, जस्ता र वालुवा स–परिवार र छिमेकीहरूको श्रमले उनको घर द्रुत गतिमा शुरु भयो । काम शुरु गरेका ४५ दिनमा दोस्रो किस्ता पाप्त गर्नु भयो । ‘ठूलो परिवारका तपाईहरु एउटै घरमा कसरी बस्नुहुन्छ पुग्छ त ठाउँ ?’, भनेर निर्माण श्रोत व्यक्तिले पश्न गर्दा, ‘एउटा घरले त कहाँ पुग्छ र ! बुबा, आमा, बच्चा बस्ने बलियो घर भइहाल्यो, अब छिट्टै हाम्रो लागि पनि अर्को भूकम्प प्रतिरोधी घर बनाउने सोचमा छांै’ । निर्माण श्रोत व्यक्तिले वडा प्राविधिकसंग समन्वय र सहजीकरण गरी तेस्रो किस्ताको रकम पनि समयमा नै निकास भयो । श्रेष्ठलाई फोन गरी, ‘तपाइँको घरको तेस्रो किस्ताको रकम बैंकमा आइसकेको छ, कागजपत्र लिएर तीन दिन पछि बैङ्कमा जानुहोला’ भनी जानकारी गराउनु भयो । घरधनी हर्षित हुँदै आभारी मुद्रामा जवाफ दिए ‘हुन्छ बाबु, तपाई र तपाईको संस्थालाई धेरै भन्दा धेरै धन्यवाद !’

यस कार्यक्रमले भटौलीका भूकम्प पीडित लाभग्राहीहरुलाई प्रदान गरिएको सामाजिक प्राविधिक सहयोग र कार्यक्रमबाट हुने सहयोग, वडा प्राविधिक र जनप्रतिनिधिहरुद्वारा पाएको स्याबासी तथा नारायण श्रेष्ठ जस्तै लाभग्राहीहरुको धन्यवादले कार्यक्रमलाई टेवा दिई यसको प्रभावकारिता बढ्दै जानेछ ।

सुमन कुमार श्रेष्ठ
निर्माण श्रोत व्यक्ति

Narayan01
Narayan M 10
Narayan Karki
Narayan 02