News & Events \

Enhancing Local Expertise for Resilient Rural Roads – Training in Pyuthan

Scott Wilson Nepal facilitated technical training on rural road design for engineers and technical staff of Sarumarani and Mandavi Rural Municipalities under the EU-funded Pratibaddha-III project. Held from March 18 to 20, 2025, the training strengthened participants’ skills in engineering surveys, software-based road design, and Nature-based Solutions (NbS) for climate and disaster-resilient infrastructure.

By equipping local agencies with practical expertise, Scott Wilson Nepal continues to support sustainable and disaster-resilient rural road development, ensuring safer and more adaptive infrastructure.

सरुमारानी गाउँपालिका र माण्डवी गाउँपालिका को आयोजना तथा युरोपियन आयोगको आर्थिक सहयोग मा सञ्चालित प्रतिबद्ध-३ परियोजना अन्तर्गत ३ दिने ग्रामीण सडक डिजाइन तथा निर्माण तालिम (चैत्र ५-७, २०८१) सम्पन्न भयो। यस तालिममा स्कट विल्सन नेपाल ले प्राविधिक ज्ञान तथा विशेषज्ञता प्रदान गर्यो।

तालिममा गाउँपालिकाका इन्जिनियरसहित १७ जना प्राविधिक कर्मचारी को सहभागिता थियो। सहभागीहरूले द्रुत सर्वेक्षण प्रविधि, सफ्टवेयरको उपयोगद्वारा सशक्त र प्रकृति-अनुकूल सडक डिजाइन, साथै Nature-based Solutions (NBS) प्रविधि प्रयोग गरी भूक्षय न्यूनीकरण सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरे।

सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा ले सडक निर्माण बजेट सीमितताले होइन, दीर्घकालीन सोचले निर्देशित हुनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हामीले सुरक्षित सडक निर्माण गर्नुपर्छ, मृत्यु-मार्ग होइन।” साथै, गाउँपालिकाको दीर्घकालीन योजनाअनुसार प्राथमिकता निर्धारण गर्दै ग्रामीण सडक निर्माण निर्देशिकाको पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

स्थानीयक्षमता #दिगोसडकनिर्माण #सरुमारानीगाउँपालिका #माण्डवीगाउँपालिका #प्यूठान #प्रतिबद्ध-३ #ScottWilsonNepal #NbS

Photos: Scott Wilson Nepal, March 2025