एस.डब्लु. नेपाल प्रा. लि. (Scott Wilson Nepal) विकासका विविध क्षेत्रमा विज्ञ सेवा प्रदान गर्ने नेपाली परामर्शदाता संस्था हो । वि. सं. २०५७ सालमा स्थापना भएको यस संस्थाको कार्यालय महाराजगंज काठमाडौंमा रहेको छ ।
यसले के कार्य गदर्छ ?
पूर्वाधार विकास (Infrastructure Development) र अनुगमन, मुल्यांकन तथा सिकाई (Monitoring, Evaluation and Learning, MEL) गरी यसको दुईवटा प्रभाग रहेका छन् । संस्थाले भौतिक पूर्वाधार निर्माण/ विकासका क्षेत्रमा ईन्जिनियरिङ्ग सेवा प्रदान गर्दछ । ग्रामीण सडक निर्माण, गोरेटो बाटोको निर्माण, खानेपानी आयोजनाको निर्माण तथा मर्मत सम्भार, भूकम्प प्रतिरोधी निजी आवास निर्माण, सामुदायीक विद्यालय भवनहरुको अनुगमन गर्ने, निरीक्षण गर्ने काम गर्दछ ।
त्यसैगरी (MEL) प्रभागले विभिन्न आयोजनाको आधार रेखा सर्वेक्षण (Baseline Survey), मध्यावधिक मुल्यांकन (Midline Survey) तथा अन्तिम मुल्यांकन, (End line Survey) लाभग्राही सन्तुष्टि सर्वेक्षण (Beneficiary Satisfaction Survey) एवं आयोजना मुल्याङ्कन जस्ता सेवा प्रदान गर्दछ ।
यस संस्थाले नेपालका सबै भाषा, धर्म र संस्कृति लाई उत्तिकै उच्च महत्व दिने गरेको छ । गाउँमा गएर कार्यक्रम संचालन गर्दा र बोल्दा शुद्ध नेपाली भाषामा बोल्नको लागि प्रोत्साहन गरिन्छ । ग्रामीण दुर्गम बस्तीलाई प्राथमिकतामा राखी यस संस्थाले आफ्ना गतिविधि संचालन गर्दछ । कामको सिलसिलामा सम्बन्धित कार्यक्षेत्रमा जाँदा त्यस ठाउँको सामाजिक, धार्मिक तथा मौलिक परम्परा, कला र सांस्कृतिक कृयाकलापमा असर नपर्ने गरी आफ्ना कृयाकलाप संचालन गर्दछ । विकासका काममा स्थानीयको स्वामित्व क्षमता एवं सकृयता बढाउनको लागि उपलब्ध भएसम्म सम्बन्धित क्षेत्रको जनशक्ति र सीप को उपयोग गरिन्छ । त्यसका साथै यस संस्थाले स्थानीय स्रोत साधन र सीपको परिचालन गरी विकास निर्माणका गतिविधि संचालन गर्न प्रेरित गर्दछ ।